

जम्मू र कश्मीर १८४६ देखि १९४७ सम्ममा ब्रिटिस इस्ट इन्डिया कम्पनी र ब्रिटिस राजको नियन्त्रणमा थियो । १९४७–४८को भारत–पाकिस्तान युद्धको क्रममा सैन्य सहयोगको लागि आमन्त्रित गरेर त्यहाँका अन्तिम महाराजाले औपचारिक रूपमा आफूलाई भारत प्रवेश गराए अर्थात् सैन्य सहयोग लिए बापत राजाले आफूलाई भारतसँग आत्मसमर्पण गराए ।
यस तरिकाले जम्मू र काश्मीर भारतको अधीनस्थ भूमि भयो । जसले जम्मू र काश्मीरलाई विशेष स्थिति विधान, एक छुट्टै संविधान प्रदान र एक राज्य झन्डा र प्रशासनिक अधिकारमा समावेश गराएको थियो । जम्मू कश्मीर र भारतबिच सम्झौता भएको थियो । सम्झौता नम्बर ३७ बमोजिम यसले जम्मू र कश्मीर पुनर्गठन ऐनलाई पनि अनुमोदन गर्यो, जुन जम्मू र पूर्व संयुक्त राष्ट्र संघको क्षेत्रहरूका कश्मीर र लद्दाखलाई पनि अनुमोदन गर्यो । जम्मू डिभिजन, काश्मीर डिभिजन र लद्दाख डिभिजन त्यो बेलाको प्रशासनिक डिभिजन थिए ।
भारत पाकिस्तान जस्तै जम्मू कश्मीर पहिलेदेखि नै सार्वभौम स्वतन्त्र देश थियो । ‘जम्मूदिपे भारत वर्षे…’ भनेर हाम्रा नेपाली पुर्खाहरूले जम्मूको नाम लिन्थे र अझै पनि लिन्छन् । त्यसकारण पनि जम्मू काश्मीर एक स्वतन्त्र भूमि थियो । उत्तर पूर्वतर्फ चीन, उत्तर पश्चिमतर्फ पाकिस्तान र दक्षिण भू–भाग भारतको हिमाञ्चल प्रदेशसँग जोडिएको यो सुन्दर धरती आफैमा एक अलौकिक प्राकृतिक सम्पदाले भरिपूर्ण भूमि हो ।
महाराजा हरि सिंह (जन्म : २१ सेप्टेम्बर १८९५ र निधन : २६ अप्रिल १९६१) जम्मू र कश्मीर राज्यको अन्तिम शासक महाराज थिए । उनी महाराजा प्रताप सिंहको भाइ, अमर सिंहको कान्छो छोरा थिए । उनले जम्मू–कश्मीरको राजगद्दी आफ्नो ठूलो बुवा महाराजा प्रताप सिंहबाट अपुतालीमा पाएका थिए ।
उनले आफ्नो जीवनकालमा ४ रानी विवाह गरेका थिए । उनकी चौथी पत्नी, महारानी तारा देवीबाट उनलाई एक मात्र पुत्र करण सिंहको जन्म भएको थियो । हरि सिंह राजपूत डोग्रा राजवंशको अन्तिम राजा थिए । उनी पहाडी डोग्रा राजपूतहरूको (जम्मूवाल) कुलका प्रमुख पनि थिए ।
आत्मसमर्पण गरेपछि आफ्नो राज्य भारतमा विलय गराएका महाराज हरि सिंहको मृत्यु मुम्बईमा भएको थियो ।
जम्मू र कश्मीरको इतिहास मात्रै होइन, अन्य इतिहासमा हराएका देशहरुको कथा पनि त्यस्तै छ । हामीले अर्को नजिककै सिक्किमको उदाहरण पनि लिन सक्छौं ।
यतिबेला राजा नै भएको भएपनि भूटानको अस्तित्व पनि निकै कमजोर अवस्थामा छ । जसको रक्षा र परराष्ट्र नीति नै आफूमा निहीत छैन ।
त्यस कारण राजसंस्था हुँदैमा राज्य सार्वभौम रहिरहन्छ भन्नू भ्रम मात्रै हो ।