हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ सख्त घाइते-Sutra News

हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ सख्त घाइते

शुक्रबार, २६ बैशाख २०८२

शुक्रबार, २६ बैशाख २०८२
file

काठमाडौं । श्रीलङ्काली वायु सेनाको हेलिकप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताए ।



वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकप्टरमा दुई पाइलट सहित १२ जना सवार रहेको र तीमध्ये छ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । अन्य छ जना घाइतेहरुको अझै अस्पतालमा उपचार भइरहेको गीगानागेले बताए ।

यसअघि, गीगानागेले जहाजमा रहेका सबै १२ जना सुरक्षित रहेको र उपचारका लागि अस्पताल पठाइएको बताए ।

श्रीलङ्काली वायु सेनामा उत्तीर्णहरूको स्वागत समारोहमा आयोजित प्रदर्शनको क्रममा घटना भएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट