उचालियो नेप्से : सूचक र कारोबारमा उत्साहपूर्ण वृद्धि-Sutra News

उचालियो नेप्से : सूचक र कारोबारमा उत्साहपूर्ण वृद्धि

बुधबार, २४ बैशाख २०८२

बुधबार, २४ बैशाख २०८२

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । बुधबार ६२.२५ अंकले बढ्दै नेप्से २६७३.६९ को बिन्दुमा उक्लिएको छ । जुन दुई महिनायताकै उच्च हो ।



उच्च अंकको वृद्धिसँगै नेप्सेमा कारोबार पनि उच्च तहमै भएको छ । आज २ करोड ७२ लाख ४५ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँमाथिको भयो । बुधबारको कारोबार रकम पनि १५ कारोबार दिनयताकै उच्च हो ।

सूचक र कारोबारमा उच्च अंकको बृद्धिका बिच आज सबैजसो समूहको सूचक बढ्यो । आज सबैभन्दा बढी फाइनान्स समूहको सूचक ५.४७ प्रतिशतले बढ्दा अधिकांशको २ प्रतिशतभन्दा बढीले बढ्यो । आज सबैभन्दा कम व्यापारको सूचक ०.५३ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका २२७ कम्पनीको मूल्य बढ्यो भने १८ कम्पनीको मूल्यमा सामान्य करेक्सन आयो । १ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीसहित ५ कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा बृद्धि भएको छ ।

आज कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । जसको कारोबार रकम नै ५९ करोड २० लाख रुपैयाँको भयो ।

बुधबारको बृद्धिले नेप्सेमा उत्साह देखिन्छ । यद्यपि, धितोपत्रसँग जोडिएर आएको विवादले कस्तो रुप लिन्छ भन्ने यकिन छैन ।

सँगै, राजनीतिक क्षेत्रमा देखिएको अन्योलताले पनि लगानीकर्ता अन्योलग्रस्त नै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट