नीति तथा कार्यक्रमको बुँदा नम्बर ६५ र ६६ मा नेपाल शिक्षक महासङ्घको आपत्ति-Sutra News

नीति तथा कार्यक्रमको बुँदा नम्बर ६५ र ६६ मा नेपाल शिक्षक महासङ्घको आपत्ति

बुधबार, २४ बैशाख २०८२

बुधबार, २४ बैशाख २०८२

काठमाडौं । सरकारले वैशाख १९ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समावेश बुँदा नम्बर ६५ र ६६ मा नेपाल शिक्षक महासङ्घले आपत्ति जनाएको छ ।



अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । बुँदा नम्बर ६५ मा व्यक्त भएको विषयले सामुदायिक विद्यालयको मानमर्दन गरेको महासङ्घको ठहर छ । उक्त विषय महासङ्घलाई स्वीकार्य नभएको बताउँदै उक्त बुँदा नीति तथा कार्यक्रमबाट हटाउन माग गरेको छ ।

त्यस्तै बुँदा नम्बर ६६ मा समावेश गरिएको विषयले सरकारको अज्ञानता प्रकट भएको जनाएको छ । विद्यालय शिक्षाको पाठ्यक्रमबारे उल्लेख भएको विषयले पाठ्यक्रमको मौजुदा प्रबन्धबारे सरकारको अज्ञानता प्रकट गरेको महासङ्घको ठहर छ । नीति तथा कार्यक्रमको बुँदा नम्बर ६५ मा संस्थागत–सामुदायिक विद्यालय साझेदारी कार्यक्रम लागू गरी संस्थागत विद्यालयहरूको समेत सहभागितामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याइने भन्ने उल्लेख छ ।

महासङ्घले उक्त बुँदाले सामुदायिक विद्यालयको मानमर्दन गरेको भन्दै हटाउन माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट