

काठमाडौं । गएराति एटीएम फोडेर रकम चोरी गर्दै हिँड्ने एक युवा पक्राउ परेका छन्। मध्यराति साढे १२ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाइपास ओरालोबाट ती युवा पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१३ का २९ का ज्ञानेन्द्र ठकुरी छन्। ठकुरीले माछापुछ्रे बैंक र कुमारी बैंकको एटीएम तोडफोड गरेर रकम चोरी गर्ने प्रयास गरेका थिए।
सोही सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले ठकुरीलाई बालाजु बाइपासबाट पक्राउ गरेको हो। उनले एटीएमबाट रकम भने चोरी गर्न सकेनन्।
ठकुरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
ठकुरी सडकपेटीमा बस्ने गरेको र एटीएम फुटाउन जाँदा मदिरा समेत सेवन गरेको पाइएको छ।