काठमाडौंमा जेठ ७ देखि ‘सीप मेला २०८२’-Sutra News

काठमाडौंमा जेठ ७ देखि ‘सीप मेला २०८२’

शनिबार, २० बैशाख २०८२

शनिबार, २० बैशाख २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठ ७ गतेदेखि पुन ‘सीप मेला २०८२’ आयोजना गर्ने भएको छ ।



अघिल्लो वर्ष जस्तै टुँडिखेलमा सञ्चालन गर्न लागिएको उक्त मेलामा दुई हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य रहेको कामपाको प्रमुख बालेन्द्र शाहले जानकारी दिए । सीपयुक्त जनशक्ति भए मात्र सुरक्षित रोजगारी हुने, उत्पादन वृद्धिमा योगदान हुने र यस चक्रबाट देशको आर्थिक समृद्धिमा योगदान पुग्ने प्रमुख शाहको धारणा रहेको छ ।

पन्ध्र हजार युवालाई सीपमूलक तालिम प्रदान गरेर कम्तीमा पाँच हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०८०–८१ देखि महानगर गौरवको योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम कामपाले कार्यान्वयनमा ल्याएको छ । सीप नजानेकालाई सीप सिकाउने, सीपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सीपयुक्त जनशक्ति उपलब्ध गराउने मेला आयोजनाको लक्ष्य रहेको पनि प्रमुख शाहले जानकारी दिए ।

गएको वर्ष तालिम लिन नपाएका कामपामा स्थायी वा अस्थायी रुपमा बसोबास गरिरहनु भएका, स्यानिटरी ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति, विगतमा सडक व्यापार, ठेलामा व्यापार गरेका व्यक्तिहरूलाई तालिमका लागि प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट