माछापोखरीमा तरकारी व्यापार हटाएको विरोधमा तीनपिप्लेमै रोकियो फोहोरको गाडी-Sutra News

माछापोखरीमा तरकारी व्यापार हटाएको विरोधमा तीनपिप्लेमै रोकियो फोहोरको गाडी

शुक्रबार, १९ बैशाख २०८२

शुक्रबार, १९ बैशाख २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले माछापोखरीको फुटपाथ व्यापार हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन हुँदा फोहोर बोकेका गाडी बाटोमै रोकिएका छन् ।



नुवाकोटको ककनी गाउँपालिका–१ का स्थानीयले सडक बन्द गर्दा सिसडोल डम्पिङ साइट हिँडेका गाडीलाई तीनपिप्लेमै रोकिएको हो ।

स्थानीयले सडक बन्द गर्दा काठमाडौंको फोहोर बोकेर गएका गाडीहरू बाटोमै रोकिएको महानगर वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईले बताइन् ।

अहिले तिनपिप्ले–सिसडोल सडक खण्डमा सार्वजनिक, निजी गाडी बाहेक फोहोरका गाडीलाई निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट