गीति सङ्ग्रह ‘माटोको सुगन्ध’ बिमोचन-Sutra News

गीति सङ्ग्रह ‘माटोको सुगन्ध’ बिमोचन

बिहिबार, २८ चैत्र २०८१

बिहिबार, २८ चैत्र २०८१

काठमाडौं । गीतकार टीका भट्टराईको गीति सङ्ग्रह ‘माटोको सुगन्ध’ वरिष्ठ गायिका तथा सङ्गीतकार मीरा राणाद्धारा एक समारोहबिच बिमोचन भएको छ । गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको अध्यक्षतामा भएको उक्त बिमोचन कार्यक्रम गीतकार संघ नेपालको सभा हलमा भएको थियो ।



गीतकार भट्टराईको यो भन्दा अगाडि पनि गीति संग्रह प्रकाशीत भएका छन। नेपाली गीति सिर्जना क्षेत्रमा महिला सर्जकको कम उपस्थिति भएको परिप्रेक्ष्यमा गीतकार टीका भट्टराईको उपस्तिथिले शुभ संकेत ल्याएको छ।

झापाको कनकाइ नगरपालिका ३ मा जन्मिएर त्यही क्षेत्रलाई कर्मथलो बनाएकी सर्जक भट्टराईका गीतहरुमा नेपाली चेलीहरुको कथा ब्यथाको कारुणिक उद्बोधन झल्किन्छ भने उनका कतिपय गीतहरु राष्टभाव र देशप्रेमले ओतप्रोत पनि छन् ।

आज बिमोचन भएको कृति उनको छैटौं गीति सङ्ग्रह हो। उनका कतिपय गीतहरू सङ्गीतबद्द भइसकेका छ्न । बिमोचन कार्यक्रमको सञ्चालन गीतकार संघका आजीवन सदस्य हरिराम पौडेलले गरेका थिए ।

मेरो आँसु झर्दा तिमी हाँस्यौ र पो दुख्यो
मेरो दुश्मनसँग प्रीति गास्यौ र पो दुख्यो…

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट