

काठमाडौं । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थीले काठमाडौंको प्रदर्शनीमार्गमा ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन्।
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा उनीहरुले पुत्ला जलाएका हुन्।
उनीहरुले प्रदर्शनीमार्गस्थि विश्वभाषा क्याम्पसबाट खड्काको पुत्ला जलाउँदै प्रदर्शन गरेका थिए। लगतै प्रहरीले हस्तक्षेप गरेर आगो निभाइएको छ।
प्रदर्शनमा सहभागीहरुले कुलमानको पक्षमा र सरकारको विपक्षमा नारा समेत लगाएका थिए।
प्रदर्शनको नेतृत्व एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले गरेका थिए।
विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै पराजुलीले सरकारले दलाल, माफिया र भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरोप लगाए।
‘यो सरकारलाई उज्यालो मन पर्दैन, कालो धन, अँध्यारो मनपर्छ,’ पराजुलीले भने, ‘त्यसैले सरकारले भ्रष्टाचारलाई पक्षपोषण गरेको छ।’