स्ववियु : गुटबन्दीको प्रभावले घात-अन्तर्घात हुँदा पनि नेविसंघ बन्यो पहिलो, कांग्रेसले दियो बधाई-Sutra News

स्ववियु : गुटबन्दीको प्रभावले घात-अन्तर्घात हुँदा पनि नेविसंघ बन्यो पहिलो, कांग्रेसले दियो बधाई

सोमबार, ११ चैत्र २०८१

सोमबार, ११ चैत्र २०८१

काठमाडौं । नेपाली कांग्रेसले चैत ५ मा सम्पन्न स्ववियु निर्वाचनमा आफ्नो विद्यार्थी संगठन नेविसंघ पहिलो भएको भन्दै बधाई दिएको छ।



प्रतिस्पर्धामा अधिक क्याम्पसहरुमा विजय हासिल गरेर पहिलो स्थान हासिल गर्न सफल भएकोको भन्दै आइतबारको कार्यसम्पादन समितिको बैठकले नेपाल नेविसंघलाई बधाई दिएको हो।

देशैभरि सबै क्याम्पसहरुमा विजयी सम्पूर्ण विद्यार्थीहरुलाई कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न कांग्रेसले सफलताको शुभकामना समेत व्यक्त गरेको छ।

नेविसंघले एक सय बढी क्याम्पसमा स्ववियु अध्यक्ष जितेको छ। सतारुढ दल कांग्रेस प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलसमेत हो।

नेविसंघले देशभरका विभिन्न क्याम्पसहरूमा बाघी उम्मेद्वारी उठाइदिंदा त्रिवि केन्द्रीय क्याम्पससहित दर्जन बढी क्याम्पसहरूमा अहिलेसम्म पनि निर्वाचन स्थगित भएको छ। खासगरी पार्टीभित्रका विभिन्न गुटको कारण स्ववियु निर्वाचन प्रभावित बन्दा पनि नेविसंघ पहिलो भएर आउनु कांग्रेसप्रति आम जनताको विश्वास रहेको नेताहरू बताउछन्।

त्यसैगरी गएको स्ववियु निर्वाचनबाट सत्तारुढ दल एमाले निकट अनेरास्ववियु दोस्रो र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) तेस्रो बनेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट