साताभर नेप्सेमा ६७.१७ अंकको गिरावट (कारोबार विवरणसहित)-Sutra News

साताभर नेप्सेमा ६७.१७ अंकको गिरावट (कारोबार विवरणसहित)

शनिबार, ९ चैत्र २०८१

शनिबार, ९ चैत्र २०८१

काठमाडौं । यस साता नेप्से परिसूचक ६७.१७ अंकले घटेर २६६९.३१ विन्दुमा पुगेको छ। गत साता २७३६.४८ विन्दुमा बन्द भएको नेप्से यो साता ६७.१७ अंकले घटेर २६६९.३१ विन्दु पुगेको हो। यो साता सबै कारोबार दिन नेप्से परिसूचक घटेको थियो।



साताको पहिलो दिन आइतबार नेप्से २१.६३ अंकले घट्यो, सोमबार १०.१४ अंकले घट्यो, मंगलबार ७.६६ अंकले घट्यो, बुधबार १४.८८ अंकले घट्यो र अन्तिम कारोबार दिन बिहीबार १२.३८ अंकले घटेको थियो।

यो साता औसतमा ५ अर्ब २५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भयो। सोमबार ५ अर्ब ४० करोड, मंगलबार ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार र बुधबार ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै, बिहीबार अर्थात् कारोबारको अन्तिम दिन ४ अर्ब ५६ करोड १३ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भयो।

साताको पहिलो कारोबार दिन नेप्से २१.६३ अंकले घटेर २७१४.८५ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँको कारोबार भएको थियो।

साताको दोस्रो कारोबार दिन नेप्से १०.१४ अंकले घटेर २७०४.७ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३३१ कम्पनीको ९९ लाख ३५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको थियो।

साताको तेस्रो कारोबार दिन नेप्से ७.६६ अंकले घटेर २६९७.०४ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३१३ कम्पनीको ८२ लाख ३७ हजार ९०२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँको कारोबार भएको थियो।

साताको चौथो कारोबार दिन नेप्से १४.८८ अकंले घटेर २६८२.१५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको ९५ लाख ८३ हजार ८२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँको कारोबार भएको थियो।

साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन नेप्से १२.३८ अंकले घटेर २६६९.७६ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको ९५ लाख ९९ हजार ३४३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड १३ लाख ११ हजार रुपैयाँको कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट