

कतार। नेपाली दूतावास कतारका प्रथम सचीव कवि कृशु क्षेत्रीद्वारा लिखित पसिनाको क्यानभास कविता संग्रह “पसिनाको क्यानभास” पुस्तकमाथी महफिलमा कविता क्यानभासको पलेटि बसाइ डेजर्ट रोज हलमा सम्पन्न भएको छ ।
मुस्लिमहरुको पवित्र महिना रमजानको अबसर पारी नेपाली भाषा र साहित्यमा कलम चलाइरहेका कतारका अनेसास , नवोदित लगायत विभिन्न साहित्यिक संस्थामा आबद्द रकेका लेखक , बुद्दिजिवी तथा मुर्धन्य साहित्यकारहरुको संयुक्त बसाईमा कविता साँझ “क्यानभासमा कविता” भब्यताका साथ सम्पन्न भएको हो । ।
खास गरी अरब र पाकिस्तानमा प्रयोग हुने महफिल” शब्द अरबी शब्द “महफल” (مَجْلِس) बाट आएको हो, जसको अर्थ “बैठक” भन्ने शब्द फारसी र उर्दूको माध्यमबाट भारतीय उपमहाद्वीपमा आएको र त्यहाँबाट नेपाली भाषा , साहित्य र संस्कृतिमा आयातित शब्दको रूपमा प्रयोग भयो, तर समय बित्दै जाँदा यो कला, संगीत, संगीतसँग जोडिएको छ। आजकल यसलाई धार्मिक, शैक्षिक, सामाजिक र साहित्य जमघटका लागि प्रयोग गरिने सजिलो शब्द बनेको छ ।
नेपाली विद्वान ,कवि, लेखक र सुफी संतहरू प्रायः महफिल सभाहरूमा भेला हुन्छन् र आफ्ना रचना अथवा ब्यानरमा उल्लेखित साहित्यिक विधामा कलात्मक रुपले रचना वाचन गर्दै उपस्थित सबैलाई श्रब्यदृश्य मर्मत संज्ञानहीन तुल्याउँछन् धार्मिक र सुफि परम्परामा, मेहफिल संगीत र नृत्यको जमघटबाट कव्वाली मार्फत ईश्वरलाई जोड्ने प्रयास गरिन्छ ।
महेफिल “क्यानभासमा कविता” सृजनाबहस र वाचन गर्ने चर्चित साहित्यकारहरू प्रेम भट्टराई, सुरेश भट्ट आश्रिन, लीलानाथ कश्यप, शोभाराम ओली, सीताराम थापा, सोम थापा, नारायण निर्जल, चक्र कार्की, शिव सुवेदी , मणि पौडेल, श्यामराज रानाभाट, दिलीप पराजुली, पूर्णकान्छा गुरुङ र यादव रेग्मी लगायत सबैमा लेखक क्षेत्रीले कृतज्ञता व्यक्त गरेका छन् ।