

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माविरुद्ध धरान उपमहानगरपालिका प्रमख हर्क साम्पाङले अख्तियारमा उजुरी दिएका छन्।
पूर्वमन्त्री समेत रहेका विश्वकर्माले एक टेलिभिजनसँगको अन्तर्वार्तामा धरान खानेपानी योजनाको बिषयमा बोलेको बिषयलाई लिएर छानविन गरि दोषी देखिएका कारवाही गर्न माग गरेका हुन्।
उनले उजुरी दिएको पत्र फेशबुकमा राख्दै लेखेका छन्, ‘अख्तियारलाई फेरि एउटा काम दिएँ मैले आज, हेरौँ कतिको इमानदार भएर काम गर्दो रैछ। २४ करोडको हिनामिना देखिन्छ।’