ट्रम्पले लगाए अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध-Sutra News

ट्रम्पले लगाए अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध

शुक्रबार, २५ माघ २०८१

शुक्रबार, २५ माघ २०८१
trump

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाएका छन् । ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाएका हुन् ।



अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि अमेरिका र इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाइएको छ । यो आदेशले आईसीसीका अधिकारीहरू र उनीहरूका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरूमाथि आर्थिक र भिसा प्रतिबन्ध लगाउनेछ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको वाशिंगटन भ्रमणको क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेका हुन् । नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो ।

आईसीसीले नेतन्याहुलाई गाजामा युद्ध अपराधको आरोप लगाएको थियो । उक्त आरोप इजरायलले अस्वीकार गरेको थियो । आईसीसीले हमास कमाण्डरविरुद्ध पनि वारेन्ट जारी गरेको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट