

काठमाडौं । पछिल्लो समय सहकारीको रकम अपचलन तथा ठगीमा संलग्नहरु धमाधम पक्राउ परिरहेका छन् । यसैबिच जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन्।
सहकारी ठगीको आरोप लागेका थापालाई म्याग्दी प्रहरीले आइतबार बिहान ९ बजे पक्राउ गरेको हो। थापा र उनको समूहमाथि स्थानीय कुमारी बहुउद्देश्यीय सहकारीको डेढ अर्ब रुपैयाँ हिनामिनाको आरोप छ।
नेकपा एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित उनीविरुद्ध २०७९ माघ २८ गते सहकारीकै अध्यक्ष यमबहादुर रोक्कालगायतले सहकारी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएर सहकारीको रकम दुरुपयोगको छानबिनको माग गरेका थिए।