अन्तर्राष्ट्रिय नेपाली समाज कतारको अध्यक्षमा राजाराम शाही सर्वसम्मत-Sutra News

अन्तर्राष्ट्रिय नेपाली समाज कतारको अध्यक्षमा राजाराम शाही सर्वसम्मत

सोमबार, २९ पौस २०८१

सोमबार, २९ पौस २०८१

काठमाडाैं । अन्तर्राष्ट्रिय नेपाली समाज कतारको अध्यक्षमा राजाराम शाही सर्वसम्मत चयन भएकाे छ । दोहाकाे वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनले शाहीलाई सर्वसम्मत चयन गरेकाे हाे ।



समाजकाे वरिष्ठ उपाध्यक्षमा ध्रुब क्षेत्री चयन हुँदा उपाध्यक्षमा रामजी सुवेदी, पुष्पराज भण्डारी, सरोज कुमार महतो र रामचन्द्र गिरी चयन भएका छन् । यसैगरी, महिला उपाध्यक्षमा ललिता बोहरा चयन भएकी छिन् ।

यसैगरी, महासचिवमा नवीन निरौला, सचिबमा नरबहादुर गुरुङ, रुद्र बहादुर कटुवाल लोकेन्द्र बहादुर कार्की कोषाध्यक्षमा खड्गबहादुर बुढा र सह-कोषाध्यक्षमा प्रेम कुमार गुरुङ चयन भएका छन् ।

संगठनकाे कार्यसमिति सदस्यहरुमा बिष्णुहरि मरिहट्टा, कृष्ण प्रसाद देबकोटा, बिष्णु बि.क, खगेन्द्र कुमार मगर, उत्तम भित्रिकोटी, पुर्ण बहादुर गुरुङ,ढकेन्द्र कार्की,अमित बि.क, बसिर रैन, सुर्य बहादुर गुरुङ, श्रवण महतो गरि एघार जनालाई राष्ट्रिय सदस्यमा चयन भएका छन् ।

दोहोको वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशन बिधिगत रुपमा कार्यक्रमका सभापति तथा प्रमुख अतिथी लगायत अन्य बिशिष्ट ब्यक्तित्वहरुले सानो बिरुवामा पानी हालेर कार्यक्रमको समुद्धघांटन गरिएको थियो । अधिवेशनमा नेपाल समाजवादी पार्टीका समर्थक,आस्थावानलगायत कतारमा स्थापित विभिन्न बैचारिक सगंठन, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।

अन्तर्राष्ट्रिय नेपाली समाज कतार, बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीको भातृ संगठन हाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट