मोहन वैद्य अस्वस्थ, टिचिङ अस्पतालमा भर्ना-Sutra News

मोहन वैद्य अस्वस्थ, टिचिङ अस्पतालमा भर्ना

शुक्रबार, १२ पौस २०८१

शुक्रबार, १२ पौस २०८१

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ भएका छन् । एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए ।



बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए । कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको उनले जानकारी दिए । उनकाअनुसार वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट