काठमाडौँ । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा भोलि पनि दुई खेल हुँदै छन् । पहिलो खेलमा प्लेअफबाट बाहिरिएको रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्सले सोमपाल कामी नेतृत्वको कर्णाली याक्स भिड्ने भएको छ ।
बिहान ९ बजेदेखि सुरु हुने पहिलो खेलमा जित निकाल्दै पहिलो संस्करणको एनपीएलमा लुम्बिनीले सुखद अन्त्य गर्ने लक्ष्यका साथ मैदानमा जाने छ । यता, महत्वपूर्ण दुई अंक निकालेर कर्णाली प्लेअफको दौड जारी राख्ने लक्ष्यमा हुनेछ ।
यस्तै, दोस्रो खेलमा प्लेअफ दौडबाट बाहिरिएको सन्दीप लामिछाने नेतृत्वको विराटनगर किंग्स र प्लेअफ दौडमा रहेको कुशल मल्ल नेतृत्वको चितवन राइनोज भिड्ने भएको छ ।