काठमाडौं । विराटनगर किङ्सको हारपछि कप्तान सन्दीप लामिछानेले सुपर ओभरमा आफुले बलिङ गर्ने निर्णय गलत सावित भएको बताएका छन् ।
पोखरा एभेन्जर्ससँग सुपर ओभरमा पराजित भएपछि सन्दीपले त्यस समय आफै बलिङ गर्नका लागि आत्मविश्वास रहे पनि नतिजा सहज नभएको बताएका हुन् । सन्दीपले राम्रो खेल्दाखेल्दै पनि कहिले कहीँ नतिजा आफ्नो पक्षमा नआउने र आजको दिन पनि आफ्नो नभएको उल्लेख गरे । दुई ओभरमा मात्रै पाँच रन खर्चिएका बसिर डेथ ओभरमा भने सम्हालिन सकेनन् ।
दोस्रो इनिङमा लक्ष्य पछ्याउन गाह्रो भइरहेकाले आफूले पहिले ब्याटिङ रोजेको उनको भनाइ छ । उनले आफ्नो विकेट नआएमा पनि अन्य बलरले विकेट लिएको र कहिलेकाहिँ राम्रो गर्दा पनि विकेट नआउने बताए । सन्दीपले पावर प्लेमा राम्रो गर्न नसकेको र विकेट निकाल्न सकेको भए खेलको अवस्था फरक हुने बताएका छन् ।