काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा पुग्ने जनकपुर पहिलो टोली बनेको छ । बिहीबार काठमान्डु गुर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्लेअफमा पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले जनकपुरलाई १०२ रनको लक्ष्य दिएको थियो। जनकपुरले ५ विकेट गुमाउँदै १६ औँ ओभरमा लक्ष्य पूरा गरेको हो ।
एक खेलमा मात्रै पराजित भएको जनकपुरले अन्तिम खेलअघि प्लेअफमा स्थान बनाएको हो ।