रवि लामिछानेलाई अदालत लगियो, अब कति दिन राख्न पाउँछ ?-Sutra News

रवि लामिछानेलाई अदालत लगियो, अब कति दिन राख्न पाउँछ ?

बिहिबार, २७ मंसिर २०८१

बिहिबार, २७ मंसिर २०८१

काठमाडौँ । पूर्वगृह तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्की लगिएको छ ।



उनीसँगै पूर्वडीआईजी छविलाल जोशी तथा जीबी राईका साझेदार रामबहादुर खनाल, लिला पछाइ पनि अदालत लगिएको छ । उनीहरूको म्याद थपसम्बन्धी बहस न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा परेको छ ।

संगठित अपराधमा अनुसन्धान गर्दा प्रहरीले ९० दिनभित्र अदालतमा मुद्दा लैजानु पर्ने कानूनी प्रावधान छ । संगठित अपराधमा पहिला जोशीलाई पक्राउ गरेको थियो ।

उनीलाई पक्राउको दिनदेखि अब जम्मा १० दिन प्रहरीले यस कसूरमा पक्राउ परेकाहरूलाई हिरासतमा राख्न पाउने छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट