काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढेको हो ।
महासंघका अनुसार सोमबार तोलामा एक लाख ५० हजार १०० रुपैयाँ भएको सुनको मूल्य आज तोलामा एक लाख ५२ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै, आज चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा एक हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज एक हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।