साताको पहिलो दिनमै घट्यो सुनको मूल्य-Sutra News

साताको पहिलो दिनमै घट्यो सुनको मूल्य

आइतबार, २३ मंसिर २०८१

आइतबार, २३ मंसिर २०८१

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार ६०० रुपैयाँले घटेको सुनको मूल्य आज ४०० रुपैयाँले गिरावट भएको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार एक लाख ५० हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट