अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?-Sutra News

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

शुक्रबार, २१ मंसिर २०८१

शुक्रबार, २१ मंसिर २०८१

काठमाडौं । भोलि (शनिवार)देखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अण्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) चार सय ७० रुपैयाँ र मझौलाको चार सय ५५ रुपैयाँ कायम गरिएको छ ।



पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको मूल्य वृद्धि भएको बताए । उनका अनुसार यसअघि अण्डाको मूल्य पाँच सय पाँच रुपैयाँसम्म पुगेर क्रमशः घटेको थियो ।

मूल्य बढेपछि किसान भने उत्साहित बनेका छन् । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेकाले पूर्ववत् अवस्थामा अण्डाको मूल्य वृद्धि भएको बताए हाल दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएका उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट