आज मिति २०८१ मंसिर २१ गते शुक्रबार । सन् २०२४ डिसेम्बर ६ तारिख । नेपाल सम्बत ११४५ थिंलाथ्व पञ्चमि तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ४० मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः
मेष
गरेका कार्यहरु तत्काल पूर्ण नहुने साथै काम बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाइने समय छ । विशेष कार्यमा बाधा आउनुका साथै आर्थिक हानी हुने योग रहेकोले विशेष सावधानी अपनाउनु उचित हुनेछ । स्वास्थ्य पनि सामान्य नरहन सक्छ । धर्मकर्ममा मना जाला । यात्रा सफल रहनेछ । प्रतिकुलताका बाबजुद खेलकूद एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।
बृष
आर्थिक पक्षमा सुधार आउनाले जाँगर बढ्नेछ । आफन्तजनबाट सहयोग मिल्नाले रोकिएका कामहरु बन्न थाल्नेछन् । प्रयासअनुसारको कार्यसिद्धिका साथै आइपरेका समस्याको समाधान मिल्ने समय छ । धनलाभ होला । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मित्रजनसँगको भेटले मन प्रफुल्ल हुनेछ । आर्थिक कारोबार बढ्ने देखिन्छ । विशेष काम गर्नुछ भने जोखिम नलिनु उचित हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह वृद्धि होला ।
मिथुन
धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । समस्याहरु आफै किनारा लाग्ने छन् । परिश्रमको कदर हुने तथा अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना देखिन्छ । उद्योग, कारखानामा लगानी गर्न सकिनेछ । यात्रागत कार्य सार्थक हुनेछ । साझेदारीको काम बन्नेछ । शत्रु तथा प्रतिष्पर्धी परास्त हुनेछन् । आनन्द वृद्धिका साथै रचनात्मकता बढ्नेछ ।
कर्कट
यात्राको लागि उचित समय रहेको छ । लामो तथा लाभदायक यात्राको प्रक्रिया अघि बढ्न सक्छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला । मित्रजन, घरपरिवारबाट सुखशान्ति पाइने देखिन्छ । नियमित प्रयोगका सरसामानमा क्षति पुग्ने योग रहेकोले सावधानीका साथ प्रयोग गर्नु उचित हुनेछ । कर्मबल बढ्नाले सर्वत्र विजय प्राप्त हुनेछ । रोकिएको काम बन्ने समय छ ।
सिंह
सोचेअनुरुप काम पूर्ण गर्न कठिन पर्ने दिन छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने देखिन्छ । आर्थिक लेनदेन नगर्नु बेस हुनेछ । दिएको पैसा फिर्ता गर्ने आजको प्रयत्न सफल हुने देखिन्न । खर्च वृद्धिले गर्दा मन अशान्त रहन सक्छ । स्वास्थ्यगत समस्या देखिन सक्छ, सचेत रहनुहोला । प्रेमभाव बढ्नेछ, मित्रजनको साथ मिल्नेछ ।
कन्या
सामान्य तथा अनुत्पादक क्रियाकलापमा आजको दिन बित्ने देखिन्छ । त्यसै–त्यसै अलमल गराउने खालको समय हुनाले काममा मन पनि खासै नजाला । पुराना समस्या भने समाधान भएर जाने योग छ । परिवारबाट सुख मिल्ला । प्रेम प्रसंग तथा बिग्रेको सम्बन्धमा केही सुधार आउन सक्छ, तर मानसिक तनावको अवस्था कायम रहने देखिन्छ ।
तुला
लाभदायक समय छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्नेछ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास फलदायी रहला । अध्ययन तथा अध्यापनमा भने आजको दिन खासै उत्साहजनक रहने देखिन्न । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्ति र यात्रामा सफलता मिल्नेछ ।
बृश्चिक
आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैयाँपैसाको कारोबार होला । आर्थिक लगायतका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने योग छ । नयाँ सामान खरिद हुन सक्छ । सामर्थ्य वृद्धि होला । रोकिएको काम मिहिनेतले बन्नेछ । आरोग्यता रहनेछ । प्रतिष्पर्धी परास्त हुनेछ ।
धनु
समय खासै अनुकुल देखिन्न । अनावश्यक डर पैदा हुनुका साथै वादविवादको सम्भावना रहेकोले विशेष सावधानी अपनाउनुहोला । महत्वपूर्ण कामहरु अधुरा रहन सक्छन् । स्थ्यले पनि त्यत्ति साथ नदिन सक्छ, ख्याल राख्नुहोला । रसरागात्मक काममा आकर्षण बढ्नेछ । हरेक कार्यमा विशेष सावधानी अपनाएर मात्र कार्य गर्नु आजको लागि हितकर हुनेछ ।
मकर
परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउन सक्ने दिन छ । कामहरु अधुरै रहनाले मनमा खिन्नता बढ्ला । घरपरिवारबाट पनि खासै सहयोग नमिल्न सक्छ । लगानी बढ्नेछ । आरोग्यता रहला । दायित्व निर्वाहमा सहजता नभएपनि जिम्मेवारी पूरा गर्ने सामर्थ्यका कारण मन सन्तुष्ट रहला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ
दिन रमाइलोको साथ बित्ने देखिन्छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुनेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम होला । केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउला । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन
कर्मबल बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने समय छ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ला । सोच्दैनसोचेको ठाउँबाट आर्थिक लाभ हुने योग छ । नजिकका मित्रजनसँग छलफल हुने र कुराकानीले धनलाभको बाटो पत्ता लाग्न सक्ने समय छ । आफन्तको साथ मिल्नेछ ।