काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बसेको प्रहरी हिरासतमा पार्टीको बैठक बसेको छ ।
पार्टीका केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले हिरासतभित्रै रास्वपा सभापतिसहित उपसभापतिहरू डीपी अर्याल, डा. स्वर्णिम वाग्ले र मनिष झाको विशेष बैठक बसेको जानकारी दिएकी हुन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी हुन् ।
रास्वपा सभापति लामिछाने गत कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत रहँदै आएका छन् । उनीमाथि प्रहरीले सहकारीको रकम अपचलन गरेको आरोपमा अनुसन्धान गरिरहेको छ ।
पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो । लामिछानेलाई पोखराबाट रुपन्देही लैजाने तयारी भइरहँदा रास्वपाका नेताहरू हिरासतभित्रै बैठक बसेका हुन् ।