काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठक बाेलाएकाे छ । सोमबार बिहान पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक बाेलाउने निर्णय गरेकाे हाे ।
बैठकले २ पुसमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।
उनका अनुसार सबै पालिका कमिटीको सम्मेलन र खबरदारी सभा एकैपटक मंसिर मसान्तमा गर्ने निर्णय भएकाे छ ।
बैठकले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा सफलता हासिल गर्ने योजना र कार्ययोजना पनि बनाइएको उनले जनाए ।
१० कात्तिकमा काठमाडौंमा खबरदारीसभा गरेको माओवादी केन्द्रले यसअघि स्थानीय तहमा पनि खबरदारी सभा गर्ने निर्णय गरेको थियो ।