काठमाडौं । लगातार दोस्रो दिन पनि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
शुक्रबारको तुलनामा आइतबार प्रतितोला पाँच सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार पनि पाँच सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेसँगै सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।
सुनको मूल्यलाई पछ्याउँदै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । मूल्य घटेसँगै स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएको छ ।
आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश २६७०.९९ डलरमा किनबेच भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा घटेको हो ।
अमेरिकी राष्ट्रपतिय चुनावको संघारमा आकासिएको सुनको मूल्य नतिजा आएसँगै घट्न थालेको थियो । जसको निरन्तरता कायमै देखिएको छ ।