प्रिसेसनमा पनि बढ्यो नेप्से, कस्ताे रहला आजकाे काराेबार ?-Sutra News

प्रिसेसनमा पनि बढ्यो नेप्से, कस्ताे रहला आजकाे काराेबार ?

सोमबार, २६ कार्तिक २०८१

सोमबार, २६ कार्तिक २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) २.०५ अंकले बढेको छ । २.०५ अंकले बढ्दै नेप्से २७४०.१२ को बिन्दुमा उक्लिएको छ ।



यो सेसनमा ९ हजार ३९७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४६ लाख ३१ हजार रुपैयाँ बराबरको भयो ।

विशेषगरी यो सेसनमा हाइड्रो, फाइनान्स र बैंकिङ्ग समूहका कम्पनीको सेयर किनबेच भयो । ५५ कम्पनीको सेयर किनबेच हुँदा ३० कम्पनीको मूल्य बढ्यो भने २० को मूल्य घट्यो । ५ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

यसअघि साताको पहिलो कारोबार दिन (आइतबार) नेप्से ६२.५४ अंकले बढ्दै २७३८.०६ को बिन्दुमा उक्लिएको थियो । आइतबार सूचकसँगै कारोबार रकममा पनि उत्साहपूर्ण बृद्धि भएको थियो । आइतबार ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

आइतबारको उछालपूर्ण बृद्धिपछि सोमबारको प्रिसेसनले नेप्से बढ्ने संकेत गरेको छ । कारोबार र सूचकमा भएको बृद्धिले लगानीकर्ता उत्साहित नै भएको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट