नेपाल सेमिफाइनलमा प्रवेश, श्रीलंकाको पोष्टमा ६ गोल प्रहार-Sutra News

नेपाल सेमिफाइनलमा प्रवेश, श्रीलंकाको पोष्टमा ६ गोल प्रहार

बिहिबार, ८ कार्तिक २०८१

बिहिबार, ८ कार्तिक २०८१

काठमाडौँ । घरेलु मैदानमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल समूह बी विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।



दशरथ रंगशालामा सम्पन्न खेलमा श्रीलंकामाथि ६-० गोल अन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको समाप्तिमा नेपाल ४-० गोलले अगाडि थियो ।

नेपालका लागि पहिलो हाफमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् भने सविता राना मगर र रेखा पौडेलले एक-एक गोल गरे । दोस्रो हाफमा अमिशा कार्की र अश्मी कुमारी घिसिङले एक-एक गोल थपेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट