यात्रुले बुद्ध एयरकाे ‘इमरजेन्सी ढोका’ खोलिदिएपछि…-Sutra News

यात्रुले बुद्ध एयरकाे ‘इमरजेन्सी ढोका’ खोलिदिएपछि…

बिहिबार, २४ असोज २०८१

बिहिबार, २४ असोज २०८१
फाइल तस्बिर

काठमाडाैं । यात्रुले हवाईजहाजको इमरजेन्सी डोर (आपतकालिन ढोका) खोलिदिएका छन् । बिहिबार बिहान उडानमा रहेको बुद्ध एयरको आपत्‌कालीन ढोका एक यात्रुले खोलिदिएका छन्।



बुद्ध एयरले दिएको जानकारीअनुसार बिहीबार बिहान जनकपुर विमानस्थलका लागि काठमाडाैंबाट उडेकाे जहाज विराटनगरमा अवतरण गरेकेा थियाे । अनुकूल मौसम नहुँदा विराटनगरमा जहाज अवतरण गर्दै गर्दा एक आपत्‌कालीन ढोका खोलिदिएका हुन्।

यात्रुले आपत्‌कालीन ढोका खाेलेसँगै उडान प्रक्रिया नै अवरुद्ध भई उडान तालिका प्रभावित भएको बुद्ध एयरले जनाएको छ। यद्दपि, याे ढाेका खाेलिएकाे पहिलाे घटना भने हाेइन । पछिल्लाे ९ दिनभित्र बुद्ध एयरभित्र तीन पटक यस्ताे घटना भइसकेकाे छ ।

२ अक्टुबरका दिन विराटनगर–काठमाडौँ, ७ अक्टुबरका दिन नेपालगञ्ज–काठमाडौं र आज बिहीबार फेरि विराटनगर(जनकपुर उडानमा रहेको बुद्ध एयरको इमरजेन्सी ढोका यात्रुले खोलेका थिए ।

आपत्कालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रूपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । आपत्कालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन । यदि विनाकारण आपत्कालीन ढोका खोलेमा उडान सुरक्षामै खलल पुर्‍याउँछ ।

बुद्ध एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको छ ।

हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट