यसकारण यी वाणिज्य बैंकका सेयर किन्नु बुद्धिमानी हुन्छ-Sutra News

यसकारण यी वाणिज्य बैंकका सेयर किन्नु बुद्धिमानी हुन्छ

सोमबार, २४ भाद्र २०८१

सोमबार, २४ भाद्र २०८१

काठमाडौं । केही सातादेखि नै सेयर बजार परिसूचक (नेप्से) ओरालोमा छ । सोमबारसम्म आउँदा नेप्से २६४६.०३ को बिन्दुमा झरेको छ ।



नेप्से २६ सयको बिन्दुमा आउँदै गर्दा अधिकांश वाणिज्य बैंकका मूल्य ३ सयको आसपासमा झरेका छन् । १९ वाणिज्य बैंकमध्ये सोमबारसम्म ११ बैंकको मूल्य ३ सय मुनि छ ।

यसैगरी, ३ वटा बैंकको मात्रै मूल्य ४ सय मुनि छ भने २ वटा बैंकको मूल्य ५ सय मुनि छ ।

अहिले ३ वटा बैंकको मात्रै मूल्य ५ सयमाथि छ ।

विशेषगरी सेयर बजारमा कम्पनी छान्दा तीन/चार पक्ष हेरिन्छ । कम्पनीको साख, भविष्यमा रहेका सम्भावना र कम्पनीको तथ्यांकीय विश्लेषण गर्नुपर्छ ।

सेयर बजारमा लगानी गर्दा कम्पनीको नाफा बृद्धिदर, लाभांश वितरण क्षमता, प्रतिशेयर आम्दानी, प्रतिशेयर बराबरको सम्पत्ति मूल्य ।

यस्तोमा दोस्रो बजारमा कारोबार भएका कुनै पनि बैंकका सेयर खरिद गर्दा घाटा हुने अवस्था देखिन्न । एकातिर बैंकका मूल्य धेरै घट्ने अवस्था छैन भने अर्कोतिर सबैजसो वाणिज्य बैंकको खास मूल्य आसपासमै सेयर बजार मूल्य भएको कारण लगानीकर्ताले घाटा व्यहोर्न पर्दैन ।

पछिल्लो समय धेरै कम्पनीहरुले प्रिमियममा आइपिओ जारी गर्ने गरेका छन् । धितोपत्र बोर्डले नेटवर्थको दोब्बरसम्म मूल्य राखेर आइपिओ जारी गर्न दिन्छ । जसका आधारमा अहिले अधिकांश वाणिज्य बैंकको नेटवर्थ दोस्रो बजारमा भइरहेको बिक्री मूल्यकै आसपासमा छ ।

बाँकी तपाइँ आफूले लगानी रणनीति बनाउन सक्नु हुन्छ।

दोस्रो बजारमा कुनको मूल्य कति ?

कुमारी : २१२

एनआईएमबी : २२६

सिटिजन : २२८

प्रभु : २३३

लक्ष्मी : २३६

ग्लोबल आइएमई : २३६

माछापुच्छ्रे : २३८.३

एनएमबी : २३९.९

हिमालयन : २४९.८

प्राइम कमर्सीयल : २६९

नेपाल बैंक : २७८

सिदार्थ बैंक : ३२१

सानिमा : ३२६.९

कृषि विकास : ३६२

एसबिआई : ४२९

एनआइसी एसिया : ४६५

नबिल : ५७३

स्ट्याण्डर्ड चार्टर्डः ६७२

एभरेष्ट : ६९२

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट