‘करेक्सनमा आत्तिनु पर्दैन, नेप्से ४ हजारमाथि पुग्छ’ [भिडियाेसहित]-Sutra News

‘करेक्सनमा आत्तिनु पर्दैन, नेप्से ४ हजारमाथि पुग्छ’ [भिडियाेसहित]

सोमबार, २४ भाद्र २०८१

सोमबार, २४ भाद्र २०८१

काठमाडौं । नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष एवम् सेयर बजार विश्लेषक प्रकाश रजौरेले सेयर बजार न्यूनतम चार हजार बिन्दुमाथि पुग्ने दाबी गरेका छन् । सूत्र टिभीको कार्यक्रम अर्थ बहसमा सेयर बजारबारे कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।



रजौरेका अनुसार नेप्सेमा अहिले देखिएको ट्रेण्ड करेक्सन हो । करेक्सनको चरणमा धेरै लगानीकर्ता होल्डमा बस्दा पनि कारोबार रकम घटेको उनले बताए ।

“अहिले जसरी सेयर बजार घटिरहेको छ, यो नितान्तः करेक्सन हो, यसलाई हेरेर डराउनु पर्दैन”, रजौरे भनेका छन्, “करेक्सनमा कारोबार रकम पनि स्वभावतः घट्छ, यो चरण पूरा भएपछि बजारले गति लिन्छ ।”

बजारमा भर्खरै बुल सुरु भएको भन्दै सबै हिसाबले बुलले चार हजारभन्दा माथिको बिन्दुलाई छुने रजौरेको दाबी छ ।

“प्रत्येक बुलले अघिल्लो बुलको पिकलाई क्रश गर्छ, अहिले यो बुलले ३२ सयको बिन्दुलाई सामान्यरुपमा पनि क्रश गरेर अगाडि बढ्छ”, रजौरेले भनेका छन्, “३२ सयको बिन्दुमा पुग्दै गर्दा कति कम्पनी थिए, मार्केट क्यापिटलाइजेसन कति थियो, त्यसको आधारमा अहिले कति कम्पनी थपिएका छन्, जसको आधारमा त्यतिखेरको बिन्दुमा पुग्न पनि ४२ सयको बिन्दुमा पुग्नुपर्छ । यो गणीतिय नियम हो ।”

रजौरेसँगको पूरा कुराकानी भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट