पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेपछि पाकिस्तानी खेलाडीले पाए भैँसी उपहार-Sutra News

पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेपछि पाकिस्तानी खेलाडीले पाए भैँसी उपहार

सोमबार, २८ साउन २०८१

सोमबार, २८ साउन २०८१

काठमाडौं । पाकिस्तानका भाला थ्रोअर अर्शद नदीम पेरिस ओलम्पिक २०२४ मा स्वर्ण पदक जितेपछि चर्चामा आएका छन् । नदीम ओलम्पिकमा व्यक्तिगत इभेन्टमा स्वर्ण पदक जित्ने पहिलो पाकिस्तानी खेलाडी बने ।



२७ वर्षीय नदीमले पेरिस ओलम्पिक २०२४ मा भाला प्रतियोगितामा ९२ दशमलव २७ मिटरको कीर्तिमान दुरीमा भाला फालेका थिए । उनले स्वर्ण पदक जितेर आइतबार पेरिसबाट स्वदेश फर्किएका छन् ।

पाकिस्तान पुगेपछि अर्शदलाई भव्य स्वागत गरिएको थियो । यस क्रममा उनले पाकिस्तानी सरकारसँग केही विशेष माग राखेका थिए । जसपछि उनको निकै प्रशंसा भइरहेको छ । भाला फाल्नेले आफ्नो गाउँमा केही आधारभूत सुविधा ल्याउन माग गरेका छन् ।

पाकिस्तानमा पत्रकारसँग कुरा गर्दै नदीमले भने, ‘मेरो गाउँलाई सडक चाहिन्छ, सरकारले खाना पकाउने ग्यास उपलब्ध गराउने हो भने मेरो र गाउँको लागि धेरै राम्रो हुनेछ, सरकारले यहाँ विश्वविद्यालय बनायो भने मेरो गाउँ र छिमेकीका लागि खुसीको कुरा हुनेछ ।’

यस्तै, उनलाई ससुराले उपहार स्वरुप भैँसी दिएका छन् । उनका ससुरा मोहम्मद नवाजले भैँसीलाई आफ्नो ग्रामीण समाजमा हार्दिक उपहार र सम्मानका रुपमा लिइने बताए ।

उनले भैँसीलाई मूल्यवान र सम्मानित मानिने बताएका थिए । नवाजका चार छोरा र तीन छोरीमध्ये एकलाई अर्सदले विवाह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट