काठमाडाैं । टेक्नो नेपालको ब्रान्ड एम्ब्यासडरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका क्रिकेटरद्वय आरिफ शेख र आसिफ शेख नियुक्त भएका छन् । राजधानीको होटेल हायात प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गर्दै टेक्नोले आफ्ना नयाँ ब्रान्ड एम्बेसडरमा अनुबन्ध गरेको हाे ।
उक्त अवसरमा टेक्नोको नेपाली उपभोक्ताहरूको रोजाइअनुसार मोबाइल ल्याउने पनि प्रतिबद्धता जनाएको छ ।
विश्वका ७० भन्दा धेरै देशमा उपलब्ध टेक्नो मोबाइल अफ्रिकी महादेशमा सबैभन्दा बढी बिक्री हुने ब्रान्ड समेत हो । सस्तो मूल्यमा आकर्षक स्मार्टफोन प्रस्तुत गरिरहेको टेक्नो मोबाइलले विश्वका उदीयमान बजारहरूमा जबरजस्त प्रभाव जमाउन सफल भएको छ ।
नेपाली क्रिकेटर द्वय आरिफ र आशिफसँगको सहकार्यले टेक्नो मोबाइलले आफ्नो ट्याग लाइन बनाएको स्टप एन्ड नथिङको भावलाई दर्साउनेमा विश्वस्त रहेको टेक्नो मोबाइलका सिईओ अरिजित तलपात्राको भनाइ छ । आरिफ र आशिखलाई टेक्नो ब्रान्डको ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा आफूहरू उत्साहित रहेको भन्दै उनीहरूको खेलकुदप्रतिको समर्पण हाम्रो ब्रान्डको स्टप एन्ड एट नथिङसँग मेल खाने उल्लेख गर्दै टेक्नोसँगको सहकार्यले टेक्नो ब्रान्ड र नेपाली क्रिकेटरको सहकार्यले नयाँ ऊर्जा दिलाउने विश्वास गरे ।
उक्त अवसरमा टेक्नो ब्रान्डको ब्रान्ड एम्बेसडर नियुक्त भएका आरिफ र आशिखले टेक्नो र आफूहरूको सहकार्यले टेक्नोका ग्राहक र नेपाली क्रिकेटरहरूलाई संलग्न गराउने सम्भावनाबाट उत्साहित रहेको भन्दै टेक्नोको उत्कृष्ट प्रविधिले आफूहरूको खेलमा पनि उत्कृष्टता प्रस्तुत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
टेक्नो नेपालका आधिकारिक प्रतिनिधि सन्तोष भण्डारीले आरिफ, आशिफसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै नेपालले क्रिकेटमा गरेको अतुलनीय प्रदर्शन जस्तै टेक्नोले पनि नेपाली ग्राहकहरूमाझ आफ्नो शतप्रतिशत प्रदर्शन प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालका ७ प्रदेश सहित ७७ जिल्लामा बलियो उपस्थिति जनाएको टेक्नो मोबाइलले १० प्रतिशत बजार हिस्सा ओगटेको छ । अहिले टेक्नो मोबाइल नेपालको पाँचौँ ठुलो मोबाइल ब्रान्डको रूपमा स्थापित छ ।
नेपालभर ५० सेवा केन्द्रहरूबाट आफ्नो सेवा प्रदान गरिरहेको टेक्नो मोबाइल बिक्रीपछि एक सय दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने एक मात्र ब्रान्ड हो । अहिले नेपालको पाँचौँ ठुलो ब्रान्डको रूपमा स्थापित टेक्नो मोबाइल आगामी एक वर्षभित्रमा नेपालको दोस्रो मोबाइल ब्रान्ड बन्ने लक्ष्य सहित आक्रामक बजार विस्तारमा लाग्ने रणनीति अख्तियार गरेको छ ।