काठमाडौं । पर्यटकीय एवम् धार्मिक नगरी बन्दिपुरमा साउन १ गतेदेखि सुरु भएको ‘शिव महिम्नाहा उत्सव’को समापन साउन २८ गते हुने भएको छ । जसको समापन कीर्तन शिरोमणि दामोदर बाबाले गर्ने आयोजकले जनाएको छ ।
आयोजकले जनाएअनुसार धार्मिक सांस्कृतिक कार्यक्रमका र एक दिने संगीतमय शिब पुराण कथा बाचनका साथ उत्सवको समापन हुनेछ ।
उत्सव मूल आयोजक समितिका अध्यक्ष किरणले पोखरेलले बताएअनुसार बन्दीपुरको तीनधारा परिसरमा महाआरतीका साथ उत्सवको समापन हुनेछ ।
साउन १ गतेदेखि सुरु भएको उत्सवमा निरन्तर शिव आराधना तथा सन्ध्याकालीन आरतीसहित विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुँदै आएको छ ।
‘शिव महिम्नाहा उत्सव’ मूल आयोजक समितिको आयोजना संचालित यस कार्यक्रमको प्रायोजन बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले गरेको छ । उक्त कार्यक्रमको सहयोगीमा भने बन्दीपुर गाउँपालिकासहित विभिन्न सरकारी निकाय र गैरसरकारी संघसंस्थाहरु रहेका छन् ।
उत्सवको अवसरमा बन्दिपुर केवलकारले विशेष छुटको व्यवस्था गरेको पनि जनाएको छ ।