नागा चैतन्य दोस्रो पटक विवाह गर्दै, शोभिता धुलिपालासँग इन्गेजमेन्ट-Sutra News

नागा चैतन्य दोस्रो पटक विवाह गर्दै, शोभिता धुलिपालासँग इन्गेजमेन्ट

बिहिबार, २४ साउन २०८१

बिहिबार, २४ साउन २०८१

काठमाडौं । साउथ अभिनेता नागा चैतन्य र शोभिता धुलिपलाले इन्गेजमेन्ट गरेका छन् । उनीहरूले बिहीबार नजिकका साथीभाइ र परिवारबीच इन्गेजमेन्ट गरेका हुन्।



नागा र शोभिता इन्गेजमेन्टको तस्बिर नागाका बुवा अक्किनेनी नागार्जुनले सामाजिक सञ्जालमा सेयर गरेका छन्। उनले यी दुईलाई आशीर्वाद दिएका छन् ।

नागार्जुनले लेखेका छन्, ‘छोरा नागा चैतन्यको शोभिता धुलिपालासँग इन्गेजमेन्ट भएको घोषणा गर्न पाउँदा खुसी छु, दुवैले आज बिहान ९ः४२ मा विवाह गरेका छन् । शोभितालाई हाम्रो परिवारमा स्वागत गर्न पाउँदा हामी धेरै खुसी छौं। दम्पतीलाई बधाई छ तथा जीवनभर माया र खुशीको कामना।

चैतन्यले अभिनेत्री धुलिपालालाई तीन वर्षदेखि डेट गरिरहेका थिए । अहिले तीन वर्षपछि दुवैले इन्गेजमेन्ट गरेका छन् । यद्यपी, यो जोडीले विवाहको मिति बारे जानकारी दिएको छैन ।

सन् २०२२ देखि नागा र शोभिताको लभ लाइफको चर्चा भइरहेको छ । यो सम्बन्धलाई दुवैले इन्गेजमेन्टमा परिणत गरेका हुन् । दुबै पहिलो पटक लण्डनको एक रेष्टुरेन्टमा लंच डेटमा देखिएका थिए । त्यसपछि उनीहरुको प्रेम सम्बन्धको चर्चा बढेको थियो ।

दक्षिण अभिनेत्री सामन्था रुथ प्रभु नागा चैतन्यकी पूर्व पत्नी हुन् । दुवैले २०१७ मा विवाह गरेका थिए तर विवाहको चार वर्ष नबित्दै सन् २०२१ मा दुवैको सम्बन्धविच्छेद भयो । नागाको इन्गेजमेन्टलाई लिएर सामन्थाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

naga-shovita-1723112187.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट