काठमाडाैं । थाइल्याण्डको एक अदालतले बुधवार प्रगतिशील मुभ फर्वार्ड पार्टीलाई विघटन गर्न आदेश दिएको छ। २०२३ को राष्ट्रिय चुनावमा मुभ फरवार्ड पार्टीले जित हासिल गरेको थियो ।
थाइल्याण्डको संवैधानिक अदालतले मुभ फरवार्ड पार्टीले देशको शाही परिवारसँग सम्बन्धित कानूनमा संशोधन प्रस्ताव गरेर संविधानको उल्लंघन गरेको बताएको छ।
संवैधानिक अदालतले कानून संशोधनको अभियानलाई देशको संवैधानिक राजतन्त्रलाई हटाउने प्रयास मानिएकोले पार्टी विघटन गर्न सर्वसम्मतिले मतदान गरेको बताएको छ।
संवैधानिक अदालतले गत जनवरीमा पार्टीले कानुन परिवर्तनको पक्षमा वकालत गर्न बन्द गर्नुपर्ने आदेश दिएपछि निर्वाचन आयोगले मुभ फर्वार्ड पार्टीविरुद्ध निवेदन दिएको थियो ।
हालकाे कानूनले राजतन्त्रविरूद्ध आलोचना गर्न पाइँदैन, प्रत्येक अपराधमा १५ वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ। यस कानूनलाई धारा ११२ पनि भनिन्छ।
यो निर्णयले प्रस्तावित संशोधनको पक्षमा अभियान चलाउँदा पार्टीमा कार्यकारी पदमा बसेका व्यक्तिहरुको राजनीतिक गतिविधिमा १० वर्ष प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ । एपीबाट