रातो मासु खानेहरूले होसियार हुनुपर्छ। प्रशोधित रातो मासुबाट बनेको बर्गर, पिज्जा वा स्यान्डविच खानु खतरनाक हुन्छ।
हालै एक अनुसन्धानमा चकित पार्ने खुलासा भएको छ । अल्जाइमर्स एसोसिएसन इन्टरनेशनल कन्फरेन्सको यस अनुसन्धानमा रातो मासु खाँदा एम्नेसिया (डिमेन्सिया) हुनसक्ने बताइएको हाे । जसले बढी प्रशोधित रातो मासु खानेहरूमा डिमेन्सियाको जोखिम धेरै हुन्छ ।
जान्नुहोस् रातो मासु र डिमेन्सियाबीच के सम्बन्ध छ ?
विज्ञहरूका अनुसार प्रशोधित रातो मासु र डिमेन्सियाबीच सिधा सम्बन्ध देखिन्छ । ससेज र बेकन जस्ता चिजहरूमा बोसो र कोलेस्ट्रोलको मात्रा बढी हुन्छ र यदि धेरै खाँदा धमनीहरूमा कोलेस्ट्रोल प्लाक जम्मा हुने खतरा हुन्छ। यसले धमनीहरू साँघुरो हुन सक्छ अर्थात् एथेरोस्क्लेरोसिस र मस्तिष्कमा रगत आपूर्ति प्रभावित हुन सक्छ।
यसका कारण मस्तिष्कका कोषहरूलाई अक्सिजन र पर्याप्त पोषण प्राप्त हुँदैन, जसले डिमेन्सियाको जोखिम बढाउँछ।
रातो मासु खाँदा डिमेन्सियाको जोखिम कति हुन्छ ?
यस अनुसन्धानमा एक लाख ३० हजारभन्दा बढी मानिसहरूलाई समावेश गरिएको थियो। जसमा दैनिक प्रशोधित मासु खानेहरूमा डिमेन्सियाको जोखिम १४ प्रतिशत बढी रहेको पाइएको थियो । त्यसैगरी दैनिक नट खानेमा यो रोगको जोखिम २० प्रतिशतले घटेको पाइएको छ ।
रातो मासुका कारण यस्ता खतरनाक रोग लाग्ने खतरा !
रातो मासु खाँदा हृदयाघात, उच्च रक्तचाप, कोरोनरी आर्टरी डिजिज र स्ट्रोक जस्ता खतरनाक रोग पनि लाग्न सक्छ। यसले रगतको नसामा क्षति पु¥याउने र शरीरका धेरै भागमा सुन्निने पनि हुनसक्छ । रगतको नसाको दीर्घकालीन सूजन र डिमेन्सिया (भुल्ने राेग) हुन सक्छ।
विज्ञहरूका अनुसार मासुलाई ग्रिल गर्ने, फ्राइ गर्ने वा ब्रोइङ गर्ने जस्ता विधिहरू प्रयोग गरेर पकाउँदा हेटेरोसाइक्लिक एमाइन्स र हाइड्रोकार्बन जस्ता खतरनाक रसायनहरू बन्न थाल्छन् जसले मस्तिष्कमा अक्सिडेटिभ तनाव र सूजन निम्त्याउन सक्छ। जसका कारण कोशिकाहरु बिग्रन्छ र मस्तिष्क छिट्टै बुढो हुन थाल्छ । जसका कारण अल्जाइमर र डिमेन्सिया जस्ता न्यूरोडिजेनेरेटिभ रोगको जोखिम बढ्न सक्छ।
डिमेन्सियाबाट कसरी बच्ने ?
यो अनुसन्धानले प्रशोधित रातो मासुको सट्टा दैनिक बदाम र फलफूल खाँदा डिमेन्सियाको जोखिम कम हुने बताएको छ । यी दुबैमा महत्त्वपूर्ण पोषक तत्व र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले मस्तिष्कको स्वास्थ्यलाई सुधार्न मद्दत गर्छ। एजेन्सीकाे सहयाेगमा
नाेट : समाचारमा दिइएको केही जानकारी मिडिया रिपोर्टहरूमा आधारित छ। कुनै पनि सुझाव लागू गर्नु अघि, तपाईंले सम्बन्धित विशेषज्ञसँग परामर्श गर्न हाम्राे अनुराेध छ ।