काठमाडौं । पेरिस जारी ओलम्पिकको स्वर्ण पदकका लागि फाइनलमा पुगेकी भारतीय पहलवान विनेस फोगट फाइनल खेल्न अयोग्य ठहर भएकी छन् ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार ५० केजी समूहमा खेलिरहेकी उनको वजन सय ग्राम बढी भएकाले फाइनल खेल अयोग्य भएकी छन् ।
उनले गएराति क्युबाका पहलमानलाई हराउँदै फाइनलमा पुगेकी थिइन् । विनेश अयोग्य भएसँगै यस ओलम्पिकमा उनको स्वर्ण वा रजत पदक जित्ने सम्भावना समाप्त भएको छ ।