रोमाञ्चक खेलमा श्रीलंका र भारतको खेल बराबरी-Sutra News

रोमाञ्चक खेलमा श्रीलंका र भारतको खेल बराबरी

शनिबार, १९ साउन २०८१

शनिबार, १९ साउन २०८१

काठमाडौं । भारत र श्रीलंकाबीचको एक दिवसीय सिरिजको पहिलो खेल बराबरी भएको छ । शुक्रबार सम्पन्न भारत र श्रीलंकाबीचको एक दिवसीय सिरिजको पहिलो खेल बराबरीमा रोकिएको हो ।



श्रीलंकाले दिएको २३१ रनको लक्ष्य पछाएको भारतले ४७.५ ओभरमा अल आउट हुँदै २३० रन बनाएपछि खेल बराबरी भएको हो । जितको नजिक पुगेको भारतले ४८ ओभरका पछिल्ला दुई बलमा दुई विकेट गुमाएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रन बनाएका थिए । अक्सर पटेलले ३३, केएल राहुलले ३१, शिभम दुवेले २५, विराट कोहलीले २४ र श्रेयस अय्यरले २३ रनको योगदान दिएका थिए ।

त्यस्तै, श्रीलंकाका बलर वानिन्दु हसरंगा र चरिथ असलंकाले ३–३ विकेट लिए । दुनिथ वेल्लालागेले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्दै श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २३० रन बनाएको थियो । श्रीलंकाका लागि दुनिथ वेल्लालागेले सर्वाधिक ६७ रन बनाएका थिए ।

पाथुम निसान्काले ५६ रन बनाएका थिए । त्यस्तै वानिन्दु हसरंगाले २४, जनिथ लियानागेले २० रन बनाएका थिए । अकिला धनन्जयले १७ तथा कुसल मेन्डिस र कप्तान चरिथ असलंकाले १४–१४ रन बनाएका थिए ।

भारतीय बलर अर्शदीप सिंह र अक्सर पटेलले २–२ विकेट लिएका थिए । मोहमद सिराज, शिभम दुवे, कुलदीप यादव र वाशिंगटन सुन्दरले एक–एक विकेट लिएका थिए । सिरिजको दोस्रो खेल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट