पोखरामा यति एयरको जहाज दुर्घटना- पाइलट र कोपाइलटले गरेका थिए यस्ता कुरा-Sutra News

पोखरामा यति एयरको जहाज दुर्घटना- पाइलट र कोपाइलटले गरेका थिए यस्ता कुरा

मंगलबार, १५ साउन २०८१

मंगलबार, १५ साउन २०८१

काठमाडौं । विं.सं. २०७९ माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाअघि ककपिट भ्वाइस रेकर्ड (सीभीआरए) सार्वजनिक भएको छ । यतिको एटीआर ७२ ९ एन-एनएनसी जहाज दुर्घटना हुँदा ७२ जनाले ज्यान गुमाएका थिए ।



काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटना हुनअघि पाइलट र कोपाइलटले विमान अवतरण गराउने विषयमा छलफल गरेको रेकर्डमा सुनिएको छ ।

जहाज पाइलट कमल केसी र कोपाइलट अञ्जु खतिवडाले उडाएका थिए । जहाज उडाएका पाइलट केसी प्रशिक्षक हुन् । उनले २० वर्षदेखि जहाज उडाउँदै आएका थिए ।

सार्वजनिक ककपिट भ्वाइस रेकर्डअनुसार पाइलट केसीले कोपाइलट खतिवडालाई विमान अवतरण गर्न प्रशिक्षण दिइरहेको सुन्न सकिन्छ । ग्राउण्ड जिरो युट्युब च्यानलले सार्वजनिक गरेको रेकर्डमा पाइलट र को पाइलटबीच दुर्घटनाअघि भएको कुरा स्पष्ट सुन्न सकिन्छ ।

दुर्घटनाअघि पाइलट केसी र कोपाइलट खतिवडाबीच भएको कुराकानी यस्तो छः

पाइलटः अहिले हामी वान जिरो डेभिड अँ सिक्स फाइभ । अहिले फाइभ थ्री भए पनि टेरेन (डाँडा) आउँदैन रछ । हामी सिक्स फाइभ धेरै माथि पो रहेछौँ त पहिला । अब हेयरिङ मोडतिर जाऔँ, अलिक राइटतिर बस यसले ठिक लादैन, राइट हेरियङ थ्री वान जिरो हेयरिङ ।

कोपाइलटः हजुर ।

पाइलटः वान वान फाइभ छ । त्यहाँ त्यसमा चाहिँ बल्ल सेटल हुन्छ, रनवे वान टु जिरो चाहिँ वान वान फाइभमा सेटल हुन्छ ।

कोपाइलटः ए..ए.. ।

पाइलटः झर्दै जाउँ फोर वानसम्म झरे हुन्छ । अनि पहिला पुरानो पासमा पार है, सानो ठाउँमा ।

कोपाइलटः ए.. हुन्छ हुन्छ ।

पाइलटः तिमी जेट स्ट्रिममा हुँदा त गरेको हो त सबै ।

कोपाइलटः हो.. हो.. गरेको हो ।

पाइलटः त्यो पासमा चाहिँ थ्री थाउजेण्ड फाइभ हन्ड्रेजजति झर्ने फ्लाप्ससहित लिएर है । उ त्यो रनवे भिजुवल छ । अझै राइटमा बस राइट ह्याण्ड डाउन, ए लेफ्ट ह्याण्ड डाउन । पुरानो एयरपोर्टमा बेस बनाउ है । बेस बनाउनु परो ?, हजुर, टु टुलाई बेस बनाएर भीओआर हेर ।

कोपाइलटः अँ । भिजुअल..।

पाइलटः त्यसपछि कन्टिन्यू टर्नको टर्न नै गर है । ओके फोर फाइभ, १७० स्पिड ठिकै छ ।

कोपाइलटः हजुर ।

पाइलटः अ ठ्याक्क, त्यो डाँडामा ।

कोपाइलटः ओके ।

पाइलटः धेरै जनालाई गराइसकेँ, अलि कम्फर्टेबल नै छ, त्यस्तो अनकम्फर्टेबल छैन । बिहान मात्र हो अर्लि मर्निङमा चाहिँ डाइरेक्ट आँखामा घाम आउँछ अनि मिस्ट (तुँवालो) हुन्छ । त्यतिखेर मात्र हो ।

कोपाइलटः अब यो पाइभ माइल्सबाट चाहिँ झर्ने । होइन त अब ?

पाइलटः ओके । डाउन टू थ्री थाउजेन्ड । फाइनलमा चाहिँ थ्री थाउजेन्ड हो । ठिक्क हुन्छ । (टावरसँग पाइलटले विमान अवतरणका लागि सम्पर्क गर्छन्) पोखरा यति एयरलाइन्स सिक्स नाइन वान । ड्राइभिङ लेफ्ट एन्ड डाउन फर रन वे वानटु । (ल्यान्डिङ गर्न अनुमति प्राप्त भएको अस्पष्ट कुराकानी)

पाइलटः त्यो दुई वटा डाँडाको बीचमा ल्याउँ है । थ्री फाइभ मात्र र धेरै तल पनि नजाउ । धेरै टेरेन आएको आए गर्छ । त्यो रेडियो नेपालको टावर याद गरेको थिएन होला । ऊ त्यो चाहिँ हो त्यो ठूलो । डाँडाको अलि यता । अलि धेरै लङ बनाउन खोज्यौं भने त्यो टावरतिर पुग्छ नि फेरि । त्यतातिर जानु हुँदैन ।

पाइलटः ओके अब डाउन ।

कोपाइलटः अब म्यानुअल लिने हो सर ?

पाइलटः हैन हैन ए पर्दैन । एकछिन ठिकै छ । सीधा गइन्जेल पर्दैन । त्यसपछि लास्टमा चाहिँ म्यानुअल ।

केही सेकेन्डपछि ।

पाइलटः ल अब यहाँबाट चाहिँ म्यानुअल लिए हुन्छ । ९ककपिटमा टुँ‘टुँ।। आवाज आउँछ ।०

कोपाइलटः ओके ।

पाइलटः फ्ल्यास लिभर वान फिफ्टी । फ्लाप्स थर्टी झर्दै जाउँ है । रेडी फर ल्यान्डिङ । ल्यान्डिङ गियर ।

कोपाइलटः डाउन ।

पाइलटः फ्लाप्स ।

कोपाइलटः थर्टी ।

पाइलटः ट्रान्समिसन ।

कोपाइलटः टेकअफ । (अस्पष्ट निर्देशन र जवाफ)

पाइटलः एक्सटर्नल लाइट ।

कोपाइलटः अन । के आयो ?

पाइटलः हेर ।

कोपाइलटः एयर लिफ्ट भनेर आइरहेको छ । (ककपिटमा जहाजको उचाइ संकेत ध्वनी बज्छ ।) कन्टिन्यु टर्न होइन ?

पाइटलः हो । यो नयाँ एयरपोर्ट पट्टी अलिक तलै ।

कोपाइलटः तलै जानु परो ?

पाइलटः होइन.. होइन.. तल होइन । यो यत्तिकै ठिक छ पावर हाल है ।

कोपाइलट (आत्तिँदै): पावरै आएन । (डराउँदै) पावरै आएन त । (रनवे वान टुमा ल्याण्ड गर्न एटीसीको संकेत)

पाइलटः पावर.. अगाडि हाल्नु परो नि ?

कोपाइलट (डराउँदै): आएन सर, टर्क नै आएन के सर ।

पाइलटः यता जाउ त ।

कोपाइलटः यो डुअल ल्यान्डिङ है सर ।

पाइलटः हँ ।

कोपाइलटः टर्क नै आएन के सर । यो आउनु पर्ने नि त टर्क यतातिर के सर । ओके..

पाइलटः के भयो ? जहाजमा खतराको संकेत टुँ…टुँ…टुँ…टुँ… आवाज आउँछ)
आ……. (कोपाइलट चिच्याएको आवाज आउँछ)

कोपाइलट चिच्याएसँगै विमान सेतीको खोँचमा दुर्घटना हुन पुग्दछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट