फिल्म ‘घरज्वाइँ’मा के छ ? यसो भन्छन् दयाहाङ र मिरुना-Sutra News

फिल्म ‘घरज्वाइँ’मा के छ ? यसो भन्छन् दयाहाङ र मिरुना

मंगलबार, २५ असार २०८१

मंगलबार, २५ असार २०८१

काठमाडौं । फिल्म’कबड्डि ४’ र ‘जारी’पछी हटकेक जोडिको रुपमा परिचीत अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर भएको रिलिजका फिल्मको संख्या हेर्ने हो भने ५ पुगिसकेका छन्।



यी दुईले कलाकारले स्क्रिन सेयर गरेको छैटौं फिल्म ‘घरज्वाइँ’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । लगातार समुदायका कथामा देखिंदै आएका उनीहरुले यसपटक मगर समुदायको चरित्र बाँचेका छन् ।

ठाउँ अनुसार जातीको संस्कृति पनि फरक हुन्छ । मगर समुदायमा ‘घरज्वाइँ’ राख्ने अथवा बस्ने चलन छ । छोरीका लागि ज्वाइँ योग्य छ कि छैन भन्ने थाहा पाउन घरज्वाइँ राख्ने अथवा बस्नुपर्ने यो समुदायको सस्कार हो । पश्चिम नेपालको मगर समुदायको कल्चर कस्तो छ भन्ने ‘घरज्वाइँ’ले भन्नेछ ।

केही दिन अगाडि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका मुख्य कलाकार दयाहाङ राईले आफूले ‘घरज्वाइँ’मार्फत नयाँ कुरा जान्ने अवसर पाएको बताएका थिए ।

‘हामी प्रायः बुहारीमा यस्तो अथवा त्यस्तो अर्थात् राम्रो गुण होस् भन्ने सोच्छौँ । हाम्रो नेपाली समुदायमा धेरैले सोच्ने पनि यही नै हो । तर मगर समुदायमा अर्कै चलन रहेछ,’ दयाहाङले भने, ‘छोरी पाल्न सक्ने अथवा घरजम गरेर बस्नसक्ने क्षमता छ कि छैन भनेर घरज्वाइँ राख्ने चलन रहेछ । जुन मलाई पनि थाहा थिएन ।’

‘घरज्वाइँ’ फिल्ममार्फत मगर समुदायको संस्कृति पनि बुझ्ने अवसर पाएको बताए । आम नेपाली समुदायले परम्परागत रुपमा सोचेभन्दा फरक कथा ‘घरज्वाइँ’मार्फत देख्न र बुझ्न पाइने उनले बताए । फिल्मको सुन्दरता नै यही भएको उनले बताए ।

वास्तवमा फिल्मको सुन्दर पक्ष पनि समाजका विविध कला, संस्कृति आम दर्शकमाझ पुर्याउनु हो । लुकेर रहेका कथा र संस्कृतिलाई उजार गर्दै त्यसको संरक्षण, सम्बर्द्धन गर्नु हो । संयोग भनौं वा जे सुकै । विभिन्न जाति वा संस्कृतिका कथा भन्ने फिल्ममा काम गर्ने मौका भने दयाहाङ राईले पाइरहेका छन् । मगर समुदाय होस् वा लिम्बु वा राई सबै फिल्ममा काम गर्ने अवसर दयाहाङले पाइरहेका छन् ।

निर्देशक अनिल बुढा मगरले आफूले माटोको कथा भन्ने प्रयास गरेको बताएका छन् । माटोको सुगन्ध सिनेमामा झल्किनुपर्ने र संस्कृतिको जगमा फिल्म बन्नुपर्ने भन्दै यही मान्यतालाई आफूले ‘घरज्वाइँ’मा अबलम्बन गरेको बताएका छन् ।

फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो ।

एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट