लगातार पाँच दिनदेखि सेयर बजारमा बृद्धि, यी हुन् उच्च अंकले बढेका कम्पनी-Sutra News

लगातार पाँच दिनदेखि सेयर बजारमा बृद्धि, यी हुन् उच्च अंकले बढेका कम्पनी

आइतबार, २३ असार २०८१

आइतबार, २३ असार २०८१

काठमाडौं । सेयर बजार लगातार उकालोमा छ । सरकार परिवर्तनको चर्चासँगै बढेको बजारमा निरन्तर जसो दोहोरो अंकको बृद्धि भइरहेको छ ।



लगातार बृद्धिका बीच साताको पहिलो कारोबार दिन आइतबार पनि २१.२७ अंकले बढ्दै बजार २१४०.९७ को बिन्दुमा उक्लिएको छ । यस दिन एक करोड ४० लाख १४ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम छ अर्ब २९ लाख रुपैयाँको भयो ।

यस दिन कारोबारमा आएका २४७ कम्पनीमध्ये १५० कम्पनीको मूल्य बढ्यो भने ८२ कम्पनीको मूल्यमा सामान्य गिरावट आयो । यस दिन १५ कम्पनीको मूल्य भने घटबढ भएन ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने तीन उपसमूहको परिसूचक घट्यो । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २।९६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको व्यापार र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै पाँच दशमलव २५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २१ करोड ७१ लाख ४८ हजार आठ सय एक बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको चार लाख ७५ हजार सात सय ३० कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट