

हामी सामान्यतयाः तौल र पेटको बोसो बढाएर उच्च कोलेस्ट्रोल पत्ता लगाउँछौं, तर यो अन्य धेरै तरिकामा पनि पत्ता लगाउन सकिन्छ। यो एक प्रकारको बोसो हो, जसको उत्पादनमा कलेजोले महत्त्वपूर्ण भूमिका खेल्छ।
शरीरमा उत्पादन हुने खराब कोलेस्ट्रोलले मधुमेह र हृदयघात जस्ता समस्या निम्त्याउँछ। तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि उच्च कोलेस्ट्रोलको लक्षण खुट्टामा पनि देख्न सकिन्छ, त्यसैले केहि लक्षणहरूलाई बेवास्ता गर्नु हुँदैन।
खुट्टामा उच्च कोलेस्ट्रोलको लक्षण कसरी देखिन्छ ?
१. चिसो खुट्टा
जाडोमा खुट्टा चिसो हुनु सामान्य कुरा हो, तर चर्को गर्मीमा पनि यस्तो हुन थाल्यो भने बुझ्नुहोस्, केही ठुलो गडबड भइरहेको छ । यो शरीरमा उच्च कोलेस्ट्रोलको संकेत हुन सक्छ। यस्तो अवस्थामा तुरुन्तै चेकअप गराउनुपर्छ।
२. खुट्टाको छालाको रंगमा परिवर्तन
उच्च कोलेस्ट्रोलका कारण खुट्टामा रगतको आपूर्ति पनि प्रभावित हुन्छ, जसको प्रभाव खुट्टामा प्रष्ट देख्न सकिन्छ । रगतको अभावका कारण रगतमा पुग्ने अक्सिजन र पोषक तत्वको आपूर्तिमा अवरोध हुने भएकाले खुट्टाको छाला र नङको रंग परिवर्तन हुन थाल्छ ।
३. खुट्टा दुखाइ
धेरै मानिसहरूलाई राती सुत्दा खुट्टा दुख्ने अनुभव हुन्छ, जुन उच्च कोलेस्ट्रोलको सामान्य लक्षण हो। यसको मतलब तपाईको शरीरको तल्लो भागमा रहेका स्नायुहरू क्षतिग्रस्त भइरहेका छन्। खुट्टा बाहेक खुट्टाको औंलामा पनि पीडा हुन्छ, जसले हाम्रो निद्रामा पनि असर गर्छ ।
४. खुट्टामा भारीपन र थकान महसुस
उच्च कोलेस्ट्रोलका कारण खुट्टामा रगतको आपूर्तिमा अवरोध आउँदा र त्यहाँ अक्सिजन राम्ररी नपुगेमा गहिरो पीडा हुन सक्छ। मानिसलाई खुट्टामा भारीपन र थकान महसुस हुन थाल्छ। यस्तो अवस्थामा सामान्य हिँडडुल पनि सजिलो हुँदैन । एजेन्सीकाे सहयाेगमा