काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट)मा राख्ने निर्णय गरेको छ ।
बिहीबार बसेको बोर्ड बैठकले सन्दीपलाई ‘ए ग्रेड’मा राख्ने निर्णय गरेको क्यानले जनाएको छ ।
बलात्कारको मुद्दा लागेसँगै सन्दीप २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणबाट हटाइएका थिए ।