त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै-Sutra News

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै

सोमबार, ११ असार २०८१

सोमबार, ११ असार २०८१

काठमाडौं । देशको सबैभन्दा व्यस्त रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिक २३ गतेदेखि पाँच महिनासम्म दैनिक १० घण्टा बन्द हुने भएको छ ।



दैनिक करिब २० घण्टा संचालनमा रहेको विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा मात्रै सञ्चालनमा आउने भएको छ । विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेललगायतका संरचना निर्माण गर्नु पर्ने भएपछि विमानस्थलको सेवा कटौती गर्न खोजिएको हो ।

विमानस्थल कार्यालयले दिएको जानकारीअनुसार आगामी २३ कात्तिकदेखि राति १० बजेदेखि बिहान आठ बजेसम्म पाँच महिना विमानस्थलमा उडान अवतरणका सम्पूर्ण काम बन्द रहने भएको हो ।

विमानस्थलमा चाप बढेको भन्दै भैरहवा र पोखरामा दुई वटा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल बने पनि सरकारले सञ्चालन गर्न नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप घट्नुको साटो बढ्दै गएको छ । यस्तो अवस्थामा दैनिक १० घण्टा सेवा कटौती गर्न खोजिएको हो ।

आगामी २३ कात्तिकदेखि चैत्र १८ गतेसम्म विमानस्थल दैनिक १४ घण्टा मात्रै सञ्चालन हुने भएको छ । अहिले विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट