प्रदीपलाई कार्तिक आर्यनसँग दाँज्दै सन्तोषले गरेको प्रशंसाको अर्थ के हो ?-Sutra News

प्रदीपलाई कार्तिक आर्यनसँग दाँज्दै सन्तोषले गरेको प्रशंसाको अर्थ के हो ?

मंगलबार, ५ असार २०८१

मंगलबार, ५ असार २०८१

काठमाडौं । नायक प्रदीप खड्का र निर्देशक तथा निर्माता सन्तोष सेनको सम्बन्ध कहिले बिग्रन्छ त कहिले सुध्रिन्छ ? उनीहरुबाहेक कसैलाई अत्तोपत्तो हुँदैन । फिल्म ‘प्रेमगीत’बाट जोडिएर एकसाथ अगाडि बढेका उनीहरूको ‘प्रेमगीत ३’ रिलिज भएपछि सम्बन्धमा दरार आयो ।



प्रदीप र सन्तोषकै सहकार्यमा दुवै नेपाली फिल्म क्षेत्रमा स्थापित भएका हुन् । यिनीहरू दुवैको मिहिनेत र प्रयासले ‘प्रेम गीत’ पहिलो पटक बलिउडसम्म पुगेको थियो । तर अहिले उनीहरू एक्ला एक्लै हिँडेका छन् । पछिल्लो समयलाई नियाल्ने हो भने यी दुईले एक अर्कालाई घुमाएर खुबै आलोचना पनि गरिरहेका हुन्छन् ।

तर, सामाजिक सञ्जालमा सन्तोष कहिले प्रदीपको खुलेरै आलोचना गर्छन् त कहिले उनी फेरि प्रशंसा पनि गर्छन् । प्रदीपको अभिनयको खुलेरै तारिफ गरेका छन् ।

सन्तोष र प्रदीपबीच पछिल्लो समय सम्बन्ध चिसिएको खबरहरू आइरहेका बेला सन्तोषले प्रदीपको अभिनयको तारिफ गरेका हुन् । उनले अभिनयको आधारमा बलिउड ‘स्टार’ कार्तिक आर्यनसँग दाँजेर प्रदीपको प्रशंसा छन् ।

सन्तोषले यस क्रममा नेपालमा कार्तिकको जस्तो मिहिनेत गर्न सक्ने नायक प्रदीप मात्र भएको उल्लेख गरेका छन् ।  उनले लेखेका छन्, ‘हेर्नै पर्छ, चन्दु च्याम्पियन । बलिउडमा कार्तिक आर्यन । यदि, नेपालमा त्यो स्तरमा कोहिले काम गर्छ भने मात्र प्रदीप खड्का । दुवै जना च्याम्पियन ।’

यसअघि पनि ‘पुजार सार्की’ हेरेपछि सन्तोषले फिल्ममा प्रदीप खड्काको पात्र प्रतिक्षित रहेको समेत बताएका थिए । त्यस समयमा सन्तोषले भनेका थिए ‘समयको व्यवस्थताको बाबजुद आज पुजार सार्की हेरियो ।

फिल्म हेरेपछि दुई पात्र मैते र मेघराजका लागि एउटा कुरा भन्न मन लाग्यो वाउ ! पुजार सार्कीको शीर्ष भूमिका कसैको भए पनि सिनपछि सिन मैते र मेघराजको प्रतिक्षा बढी देखियो, पिके भाइको खुबी र परिकल्पना मैले धेरै नजिकबाट नियालेको छु । बजार जुनबेला जस्तो प्रस्तुतिमा रमाइरहेको हुन्छ त्यस्तै प्रस्तुति गर्ने क्षमता छ उसमा, मैले अद्भूत भनेको यसै होइन ।’

प्रदीपका लागि सन्तोषले दुई-दुई पटक लेखेको स्टाटसले धेरैलाई खुशी बनाउन सफल भए । तर वर्षौंसँगै काम गरेको टिम र नयाँ टिमसँग काम गर्दा फरक परेको अनुभव गरेका त होइनन् सन्तोषले ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट