

काठमाडौं । ओपनर आशिफ शेख जारी टी-२० आई त्रिकोणात्मक सिरिजको फाइनलमा अर्धशतक बनाउन चुकेका छन् । उनी
आशिफ ४७ रन बनाउँदा एलबीडब्लु धरापमा परे । ३७ बलमा १ चौका र ३ छक्का हानेका आशिफ माइकल लेविटको बलमा एलबीडब्लु धरापमा परेका हुन् ।
यस्तै, दीपेन्द्रसिंह ऐरी केबल १ रनमै आउट भए । शाशिफ आउट भएपछि क्रिजमा छिरेका उनी १४.३ ओभरमा एलबीडब्लु धरापमा पर्दै आउट भए ।
टस जितेर ब्याटिङ गरिरहेको नेपालले १५ औँ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा १२९ रन बनाएको छ ।
कप्तान रोहित पौडेलले १९ बलमा ३ चौका र १ छक्का हाने । उनले २५ रन बनाउँदा माइकल लेभिटको बलमा आउट भए ।
त्यसअघि ओपनर कुशल भुर्तेल चौथो ओभरको तेस्रो बलमा २० रन बनाउँदा टिम भान डेर गुटेनको बलमा बोल्ड आउट भए । कुशलले १० बलमा १ चौका र २ छक्का हाने ।