कालो धन लुकाउन तिकडममा फडिन्द्र, मुन्ना र जोएश-Sutra News

कालो धन लुकाउन तिकडममा फडिन्द्र, मुन्ना र जोएश

आइतबार, २० फाल्गुन २०८०

आइतबार, २० फाल्गुन २०८०

काठमाडौं ।  आउँदो चैत ९ गते नेपालसहित विभिन्न देशमा एकसाथ रिलिज हुने फिल्म ‘महाजात्रा’को ट्रेलर रिलिज गरिएको छ ।



आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

प्रदीप भट्टराईको लेखन र निर्देशनमा तयार भएको फिल्मको ट्रेलरमा आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई मुख्य कथा बनाएको देख्न सकिन्छ ।

कमेडी संवादहरूले भरिएको ट्रेलर हेर्दा अनपेक्षित रूपमा प्राप्त पैसा, त्यसको व्यवस्थापनमा झेल्नुपर्ने समस्या र परिणाम साथै जिन्दगी व्यवस्थापनका निम्ति आवश्यक पैसा अनपेक्षित रूपमा कतै भेटिए त्यसले दिने समस्याको वरिपरि देखाइएको छ ।

विशेषगरि, कालो धन लुकाउनका लागि बेरोजगार युवाहरूलाई नेताहरूले कसरी प्रयोग गर्छन् भन्ने कथालाई कमेडीको माध्यमबाट उठाएको ट्रेलरमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउतलगायत देखिएका छन् ।

म्याक्स दिपेश खत्री र यज्ञेश्वर पौडेल निर्माता रहेको फिल्ममा हरिवंश, विपिन, रवीन्द्रसिंह, रवीन्द्र झा, वर्षासँगै अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङलगायत कलकारको अभिनय छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको यो फिल्ममा मित्र डी गुरुङको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट